`

नेदरल्यान्ड्सले नेपाललाई दियो १४१ रनको लक्ष्य

Nepal One HD २० माघ २०८१ १४:१५
खेलकुद

काठमाडौं । त्रिदेशीय महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्यान्ड्सले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । आइतबार त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ९ विकेट गुमाएर १४० रन बनायो ।

नेदरल्यान्ड्सकी कप्तान बबेते डी लीडेले ४१ रन बनाइन् । नेपालकी सीता राना मगरले ५ विकेट लिइन् । शृङ्खलामा नेपालको यो तेस्रो खेल हो । नेपाल उद्घाटन खेलमा नेदरल्यान्ड्ससँग ४ विकेटले र शनिबार थाइल्यान्डसँग २० रनले पराजित भएको थियो ।


प्रतिक्रिया