`

बुढासुब्बा गोल्डकपः ‘सडन डेथ’मा धरानलाई हराउँदै युके एफसी सेमिफाइनलमा

Nepal One HD २० माघ २०८१ २३:०२
खेलकुद

सुनसरी । धरान फुटबल क्लबलाई ‘सडन डेथ’मा ७–६ गोल अन्तरले हराउँदै युनाइटेड खर्साङ फुटबल क्लब (युके एफसी) भारत २५ औँ अन्तरराष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

निर्धारित समयको खेल एक/एक गोलको बराबरीमा सकिएपछि खेल ‘टाइब्रेकर’मा धकेलिएको थियो । टाइब्रेकरमा पनि समान पाँच/पाँच गोल भएपछि खेलको निर्णय सडन डेथबाट भएको हो । सडन डेथमा सातौँ प्रहार गर्न आएका धरानका खेलाडी मनोज राईको प्रहार आकाशिएपछि युके एफसीको जित भएको थियो ।

आज दोस्रो दिन युके एफसी र आयोजक धरान फुटबल क्लबबीच भएको खेलको १७औँ मिनेटमा युकेका हेमराज भुजेलले गोल गर्दै अग्रता दिलाए ।

धरान फुटबल क्लबका विनोद राईले खेलको ४४औँ मिनेटमा गोल गर्दै टोलीलाई एक–एक गोलको बराबरीमा पु¥याएका थिए । आजको खेलको ‘म्यान अफ दी म्याच’ पनि भुजेल भए ।


प्रतिक्रिया