`

वेस्ट बैङ्क आक्रमणमा दुई इजरायली सैनिकको मृत्यु

Nepal One HD २२ माघ २०८१ १८:१७
विश्व

वेस्ट बैङ्कको चेकपोस्टमा मङ्गलबार भएको गोलीकाण्डमा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले जनाएको छ ।सेनाले मारिएका सिपाहीहरूमध्ये एक ३९ वर्षीय ८२११ औं बटालियनमा स्क्वाड कमाण्डर थिए ।
सेनाले आक्रमणमा अर्का एक सिपाही मारिएको बताएको छ । उक्त सिपाहीको नाम अझै गोप्य राखेको छ ।सेनाले थप दुई रिजर्भ सिपाहीहरू गम्भीर घाइते भएको र अन्य छ जनालाई सामान्य चोट लागेको बताए ।

एक प्यालेस्टिनी आक्रमणकारी एम–१६ राइफल लिएर उत्तरी जोर्डन उपत्यकाको प्यालेस्टिनी गाउँ बाहिर एक चेकपोस्टको प्रवेशद्वारमा पुग्यो । उनी इजरायली सिपाहीको पर्खाइमा थिए र बिहान सबेरै गोली चलाउन थाले ।

हमास र प्यालेस्टाइन इस्लामिक जिहादले आक्रमणको प्रशंसा गरे तर जिम्मेवारी लिएनन् ।

इजरायली सेनाले उत्तरी वेस्ट बैङ्कमा ठूलो मात्रामा कारबाही विस्तार गर्ने घोषणा गरेको दुई दिनपछि उक्त घटना भएको हो ।प्यालेस्टाइनी तथ्याङ्कका अनुसार गत महिना जेनिनमा आक्रमण सुरु भएदेखि इजरायली सेनाले कम्तिमा २७ जना मारेका छन् ।


प्रतिक्रिया