आफ्नो जन्मदिनमा मानव सेवा आश्रममा आचार्यले खुवाए निःशुल्क भोजन

समाज

काठमाडौं । नेपाल बाल संगठनका केन्द्रीय सदस्य भुवन आचार्यले आफ्नो जन्मदिनको अवसरमा मानवसेवा आश्रम काठमाडौंमा आश्रितलाई निःशुल्क भोजन खुवाएका छन् । आचार्यले बुधबार आफ्नो जन्मदिनमा आश्रमको रानीवन सेवा केन्द्रमा बिहान निःशुल्क भोजन गराएका हुन् ।
औषधि व्यवसायी समेत रहेका आचार्यले आफ्नो जन्मदिनमा हरेक वर्ष मानवसेवा आश्रममा निःशुल्क भोजन खुवाउँदै आएका छन् । त्यस्तै उनले देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गर्दै आएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट