`

कैलालीमा आमा-छोरी झुण्डिएको अवस्थामा मृत फेला

Nepal One HD २५ माघ २०८१ ८:५३
प्रमुख खबर

धनगढी । कैलालीको गोदावरीमा आमा छोरी मृत फेला परेका छन् । गोदावरी–११ गोथानमा आमा छोरी झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी कविन्द्रसिंह बोहराले आमा २३ वर्षीया मीरा कामी र उनकी दुई वर्षकी छोरी प्रिन्सी आफ्नै कोठामा झुण्डिएको अवस्थामा बिहीबार साँझ फेला परेका जानकारी दिए । मीराका श्रीमान् र ससुरा रोजगारीका क्रममा भारतमा रहेको बताइएको छ ।


प्रतिक्रिया