`

एमाले निकट कर्मचारी संगठनको अध्यक्षमा भवानी दाहाललाई चयन

Nepal One HD ३ फागुन २०८१ १५:४९
राजनीति

काठमाडौं । नेकपा एमाले निकट कर्मचारी संगठनले अध्यक्षमा भवानी दाहाललाई चयन गरेको छ । जारी अधिवेशनमा अध्यक्ष पदमा दाहाल र रेवन्त गौतमले दाबी गरेका थिए । लामो समयको छलफलपछि दाहाल अध्यक्षमा चुनिन सफल भएकी हुन् ।

अध्यक्ष मण्डलका अध्यक्ष रामेश्वर फुयाँलका अनुसार दाहाल अध्यक्ष र गौतम वरिष्ठ उपाध्यक्ष बनाएर सर्वसम्मत नयाँ कार्यसमिति घोषणा गरिएको हो ।

नयाँ कार्यसमितिमा महासचिवको जिम्मेवारी रामचन्द्र (आरसी) अधिकारीले पाएका छन् । निर्वाचनबाट नेतृत्व चुन्ने कि सहमतिबाट भन्नेमा विवाद हुँदा महाधिवेशन दुई दिनसम्म लम्बिएको थियो ।


प्रतिक्रिया