`

झापाबाट माओवादी केन्द्रको तराई मधेश जागरण अभियान सुरु हुँदै

Nepal One HD १२ फागुन २०८१ १०:०५
प्रमुख खबर

काठमाडौं । नेकपा माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजबाट झापाबाट सुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उक्त अभियान झापाको कचनकवलबाट सुरु गर्दैछन् ।

अभियान सुरु गर्न प्रचण्ड आइतबार अपराह्न झापा पुगिसकेका छन् । आज कचनकवलमा एक कार्यक्रमको आयोजना गर्दै प्रचण्डले उक्त अभियान सुरु गर्ने छन् ।

प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गर्न लागिएको माओवादीले जनाएको छ ।

दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्धेश्यले अभियान सञ्चालन गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ ।


प्रतिक्रिया