स्वर्णिम वाग्लेले बोलेको ‘श्रद्धाञ्जली’ शब्द संसद्को रेकर्डबाट हटाइने
राजनीति
काठमाडौँ । सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जलि व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयका बीचमा सांसद रामहरि खतिवडाले सभामुखको ध्यानाकर्षण गराउँदै फागुन ६ गतेको बैठकमा सांसद डा स्वर्णिम वाग्लेले बोल्ने क्रममा लम्सालका सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावलीको प्रयोग भएकाले त्यसलाई संसद्को अभिलेखबाट हटाउन माग गरेका थिए ।
सांसद खतिवडाको ध्यानाकर्षणपछि सभामुख घिमिरेले सपरिवारलाई श्रद्धाञ्जलि दिएको शब्दावली प्रयोग भएको भए सच्याउन निर्देशन दिए । उनले संसद सचिवालयका कर्मचारीलाई त्यो विषय सुनेर सच्याउन निर्देशन दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
