`

ठमेलमा प्रहरी कुट्ने अखिल नेता धरौटीमा रिहा

Nepal One HD १२ फागुन २०८१ १९:५३
राजनीति

काठमाडौं । काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका एमाले निकटको अखिलका नेतालाई धरौटीमा रिहा भएका छन् ।

सोमबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश हर्कबहादुर केसीको इजलासले प्रहरीलाई कुटपिट गरेको प्रकरणमा पक्राउ परेका पाँचैजना विद्यार्थी नेतालाई धरौटीमा छाड्ने आदेश दिएको थियो । रमेश फुलारालाई १५ हजार रुपैयाँ तथा कमलराज जोशी, गोपालबहादुर शाही, नवीनसिंह ऐर र दिनेश सिग्देललाई जनही १०/१० हजार धरौटीमा छाड्न आदेश भएको थियो ।

उनीहरु धरौटी बुझाएर रिहा भएका प्रहरीले जनाएको छ । उनीहरूले प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टलाई माघ २४ गते राति कुटपिट गरी घाइते बनाएका थिए ।


प्रतिक्रिया