`

माओवादी केन्द्र जनताको बलले स्थापित भएको हो : अध्यक्ष दाहाल

Nepal One HD १३ फागुन २०८१ १६:४६
राजनीति

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र जनताको बलले स्थापित भएको बताए । पछिल्लो समय आफ्नो पार्टीको पक्षमा जनमत बढ्दै गएको उनले उल्लेख गरे ।

‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष दाहालले पछिल्लो समय माओवादी केनद्रको ‘एजेन्डा’प्रति जनताको आकर्षण बढेको बताए। स्थानीय तहको उपनिर्वाचनसम्म आउँदा यो कुराको व्यावहारिक रुपमै पुष्टि भएको उनको भनाइ थियो ।

जनताको एकताबद्ध प्रयासबाट आफूहरु अगाडि बढ्ने अध्यक्ष दाहालले बताए । आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहोर्याउने उनको भनाइ थियो ।


प्रतिक्रिया