`

‘नेपाल विविधतामा एकता भएको देश’: मुख्यमन्त्री कँडेल

Nepal One HD १५ फागुन २०८१ २०:५५
राजनीति

काँक्रेविहार (सुर्खेत), १५ फागुन : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नेपाल विविधतामा एकता भएको देश भएको बताउनुभएको छ । आज सुर्खेतमा नेपाल मगर सङ्घको ४३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले विभिन्न धर्म, भाषा, जात र संस्कृति भएको देशमा विविधता हुँदाहुँदै मिलेर बसेको समाज भएकाले यसलाई आगामी दिनमा जोगाइराख्नु आजको आवश्यकता रहेको बताउनुभएको हो ।

विविधता भए तापनि सामाजिक सन्दर्भमा कुनै वैमनश्य नभएको देश नेपाल रहेको उल्लेख गर्दै मुख्यमन्त्री कँडेलले सामाजिक एकताका निम्ति सबै प्रकारका स्वार्थबाट माथि उठेर देशलाई उच्च स्थानमा राखेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।    बहुजातीय, बहुभाषिक, बहुसंस्कृति भएको हाम्रो देश नेपाललाई समृद्धितिर लैजानु हामी सबैको कर्तव्य भएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया