`

केपी ओली कप फुटबल : आर्मी र मछिन्द्र क्लबबीच फाइनल खेल हुँदै

Nepal One HD १९ फागुन २०८१ १८:५२
खेलकुद

काठमाडौँ, १९ फागुन-त्रिभुवन आर्मी क्लब र मछिन्द्र फुटबल क्लबबीच तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको फाइनल खेल हुँदै छ । त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा भइरहेको उक्त खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुुनुुभएको छ ।

फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुहुन्छ । रङ्गशाला दर्शकले खचाखच भरिएको छ । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए । राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।

प्रतिक्रिया