निष्कासित नेपालीलाई लिएर अमेरिकी चार्टर जहाज काठमाडौँमा अवतरण

प्रमुख खबर

काठमाडौं । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ।
अहिले विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो।
क्यानका एक उच्च अधिकारीका अनुसार विमानमा १० जना प्रारम्भिक जानकारी आएको छ। ‘यसमा २/४ थपघट पनि हुनसक्छ एकछिनमा थप प्रष्ट हुन्छ’, उनले भने।
अवैधानिक आप्रवासी निष्कासन गर्ने ट्रम्पको नीति अनुसार उनीहरूलाई नेपाल छोडिएको हो । यससहित ट्रम्पको आदेश अनुसार देश निकाला हुने नेपालीको संख्या ३७ पुगेको छ । यसअघि २७ नेपाली काठमाडौं फर्किएका थिए । तर अमेरिका सरकारले नेपालीलाई नेपालमै ल्याएर छोडिदिएको भने यो पहिलो घटना हो ।
नेपालीलाई छोड्न आएको विमानले नेपालबाट केही अमेरिकी नागरिक लिएर जानेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट