`

अमेरिकाले दिएको सहयोग दुरुपयोग भएको भन्ने विषयको श्वेतपत्र सार्वजनिक गर्न सांसद खतिवडाको माग

Nepal One HD २२ फागुन २०८१ १४:०६
प्रमुख खबर

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले अमेरिकाले दिएको सहयोग दुरुपयोग गर्नेको नाम सार्वजनिक गर्न माग गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसद खतिवडाले अमेरिकी सहयोग दुरुपयोग भएको भनेर नेपालको बदनाम गर्ने काम भएको भन्दै श्वेतपत्र सार्वजनिक गर्न माग गरेका हुन् ।

उनले भने, ‘अमेरिकाले दिएको सहयोग दुरुपयोग भयो भनेर बारम्बार चर्चा परिचर्चा भएको छ, कति नेपालमा आएको हो ? क–कसले दुरूपयोग गरे श्वेतपत्र जारी गरियोस् । सारा नेपाललाई बदनाम गर्ने काम भएकोले सरकारले श्वेतपत्र जारी गरोस् ।’

त्यसैगरी उनले अवैध रूपमा बसेको भनेर अमेरिकाबाट फर्काइएकालाई अमानवीय व्यवहार बन्द गर्नसमेत सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद खतिवडाले प्रश्न सोधेकै आधारमा पत्रकारको पास निलम्बन गरिएको भन्दै आपत्ति जनाए ।


प्रतिक्रिया