`

मोरङमा एमालेको संस्थापनइतर समूहको प्यानलै निर्वाचित

Nepal One HD २३ फागुन २०८१ १९:४६
राजनीति

विराटनगर । नेकपा एमालेको १०औँ मोरङ जिल्ला अधिवेशनबाट संस्थापनइतर समूहको प्यानलै निर्वाचित भएको छ ।

अधिवेशाबाट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीनिकट अजम्वर राई नेतृत्वको प्यानलै विजयी भएको हो । उपाध्यक्षमा सागर थापा तथा सचिवमा सोम थापा विजयी भएका छन् । यस्तै, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन् ।

संस्थापन समूहबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा उम्मेदवार थिए । उपसचिवमा शिल्पा कार्की र इर्जालाल राजवङ्शी उम्मेदवार थिए । राईलाई मोरङका पूर्वजिल्ला अध्यक्ष विनोद ढकालले साथ दिएका थिए ।


प्रतिक्रिया