`

रौतहटमा लोसपाका जिल्ला अध्यक्षसहित ६५ जना माओवादी केन्द्रमा प्रवेश

Nepal One HD २४ फागुन २०८१ ११:५९
राजनीति

रौतहट । । लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं रौतहट जिल्ला अध्यक्ष लिलाप्रसाद साह तेलीसहित ६५ जना कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् ।

रौतहटको माधव नाराण नगरपालिका ६ माधोपुरमा शनिबार आयोजित कार्यक्रममा उनीहरु माओवादीमा प्रवेश गरेका हुन् । जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराएका थिए ।

नप्रवेशी तेली माधव नारायन नगरपालिकामा स्थापित नेता हुन् । गत स्थानीय तह निर्वाचनमा उनी यो नगरपालिकाको मेयरमा ३३३२ मतसहित दोस्रो भएका थिए ।

नवप्रवेशी तेलीले काङ्ग्रेस एमाले पहिचान बिरोधी भएको र मधेसवादी दलहरु अवसरवादमा फसेर फुट र विभाजनमा लागेकाले मधेसको अधिकार रक्षा माओवादीबाट हुने देखेर आफूहरु पार्टी प्रवेश गरेको बताए ।


प्रतिक्रिया