`

नेपालद्वारा युगाण्डा पराजित

Nepal One HD २५ फागुन २०८१ १७:०५
खेलकुद

काठमाडौं । चार देशीय महिला टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएको छ । आइतबारको खेलमा नेपालले घरेलु टोली युगान्डालाई एक विकेटले पराजित गरेको हो ।

युगान्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर भेट्टायो । नेपालका लागि साना प्रविनले सर्वाधिक १७ रन बनाइन् ।

त्यसअघि युगान्डाको एन्टेब्बे क्रिकेट ओभलमा टस हारेर ब्याटिङ गरेको युगान्डाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको थियो ।

युगान्डाका लागि इमाकुलेट नाकिसुईले सर्वाधिक २२ रन जोडिन् । नेपालका लागि पुजा महतोले तीन तथा कप्तान इन्दु बर्माले दुई विकेट लिइन् । शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो ।


प्रतिक्रिया