सार्वजनिक सम्पतिमा क्षति गरेको भन्दै महानगरले गर्यो राप्रपालाई १ लाख जरिवाना

प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । राप्रपाले आइतबार आयोजना गरेको पूर्वराजाको स्वागत कार्यक्रमका क्रममा सडकपेटीमा रहेका रेलिङ तथा आइल्यान्डमा रहेका बिरुवामा क्षति पुगेको भन्दै महानगरले एक लाख रुपैयाँ जरिवाना गरेको हो ।
महानगरले काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम १००,०००।०० (अक्षरुपी एक लाख जरिवाना गरिएको जनाएको छ । यसअघि नेकपा एमालेको दरबारमार्गमा भएको कार्यक्रमका क्रममा पनि फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गरेको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट