`

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

Nepal One HD ६ चैत २०८१ ११:५४
राजनीति

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते आइतबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।


प्रतिक्रिया