`

लस एन्जलस ओलम्पिक सन् २०२८ मा बक्सिङ पनि समावेश

Nepal One HD ८ चैत २०८१ ७:२१
खेलकुद

बिहीबार १४४ औं अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) सत्रमा मतदानपछि बक्सिङलाई आधिकारिक रूपमा लस एन्जलस सन् २०२८ ओलम्पिक खेलकुदको कार्यक्रममा समावेश
गरिएको छ ।

आईओसी कार्यकारी बोर्डले फेब्रुअरी २६ मा विश्व बक्सिङलाई अन्तर्राष्ट्रिय महासङ्घको रूपमा अस्थायी रूपमा मान्यता दिएका र खेललाई आईओसी सत्रमा समावेश गर्न सिफारिस गरेको थियो ।

सन् २०२२ मा स्वीकृत एलए२८ कार्यक्रमबाट बक्सिङलाई अन्तर्राष्ट्रिय बक्सिङ सङ्घ (आइबीए) बाट बहिष्कृत गरिएको थियो ।

बक्सिङ पहिलो पटक सन् १९०४ मा आधुनिक ओलम्पिकमा देखा प¥यो र सन् १९१२ को स्टकहोम बाहेक सबै संस्करणमा प्रस्तुत गरिएको थियो ।


प्रतिक्रिया