`

मुलुकका शासकको अहंकार बढ्योः लोहनी

Nepal One HD २६ चैत २०८१ १५:१९
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले मुलुकका शासकको अहंकार बढेको बताएका छन् । मंगलबार काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको सभालाई सम्बोधन गर्दै लोहनीले शासकको घमण्डका कारण मुलुकमा अराजकता बढेको बताएका हुन् ।

उनले मुलुकमा अहिले रावणहरूको शासन रहेको आरोप लगाए । उनले भने, ‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ । रावण भनेको अहंकार हो ।’ लोहनीले यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा धुमिल बनाएको बताए ।


प्रतिक्रिया