महिला टी-२० विश्वकपको एशिया छनौट खेल्ने टोली घोषणा

खेलकुद

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आइसीसी महिला टी–२० विश्वकपको एशिया छनौट खेल्ने राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्यानले शुक्रबार इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रोमा थापा, रुबी पोडार, रुबिना क्षेत्री, कबिता कुँवर, बिन्दु रावल, सबनम राई, कविता जोशी, इश्वरी विष्ट, सम्झना खड्का, मनिषा उपाध्याय, राजमती ऐरी र रिया शर्मा रहेका छन् । एशिया छनौट आगामी मे ९ देखि २० सम्म थाइल्याण्डमा हुने छ ।
कुल ९ देशले भाग लिने यस एशिया छनौटमा नेपाल समुह सी मा रहेको छ । नेपालको समुहमा बहराइन र हङकङ रहेका छन् ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट