`

समृद्धिको जिम्मेवारी युवाको काँधमा : महासचिव पोखरेल

Nepal One HD २५ वैशाख २०८२ २१:४८
राजनीति

गण्डकी, २५ वैशाख- नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेपाली जनतालाई खुसी र राष्ट्रको समृद्धिको जिम्मेवारी युवा वर्गको काँधमा रहेको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको पोखरामा आगामी जेढ ९ देखि ११ गतेसम्म हुने दशौ महाधिवेशनको पूर्व सन्ध्यामा आज पोखरामा आयोजित युवा भेलाको उद्घाटन गर्दै उहाँले युवा शक्तिले नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो । नेकपा एमालेले पार्टीका सवै तहमा युवालाई आरक्षणको व्यवस्था गर्दै अघि बढाई रहेको बताउँदै उहाँले यसबाट नयाँ चिन्तन भएका युवा पुस्ताको विकास हुने विश्वास व्यक्त गर्नुभयो । कृषिलाई आधुनिक एवम् प्रविधिमैत्री बनाउँदै युवा वर्गको आकर्षण बढाउनु पर्नेमा उहाँको जोड थियो ।

मुलुकमा राजनीतिक अस्थिरताको कारण विकास निर्माणले गति लिन नसकेको उल्लेख गर्दै महासचिव पोखरेले भन्नुभयो देशलाई अव राजनीतिक स्थायित्वको दिशामा अघि वढाउन राष्ट्रिय शक्ति एकजुट हुन आवश्यक छ ।मुलुकको समग्र विकासको पक्षमा उभिएको कारण अहिले एमाले माथि चौतर्फी आक्रमण भएको वताउँदै उहाँले एमाले सरकारमा आएपछि रोकिएका विकास निर्माणका काम अघि वढेको बताउनुभयो ।

सुचना तथा सञ्चार प्रविधि मन्त्री एवम् नेकपा एमाले उपमहासचिव पृथ्वीसुव्वा गुरुङले युवाले राजनीतिक, आर्थिक, सामाजिक एवम् सांस्कृतिक लगायतका क्षेत्रमा अग्रसरता देखाउँदै नेतृत्वदायी भूमिका खेल्नु पर्ने बताउनुभयो । सरकारका प्रवक्ता समेत रहनु भएका उहाँले मुलुक मौलाएको व्यथितिको अन्त्यका लागि दुई ठूला दल नेपाली कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकार मुलुकमा सुशासन सहित विकास निर्माणमा जुटेको बताउनुभयो ।

सरकारले आगामी आर्थिक वर्ष २०८२÷८३ को निती तथा कार्यक्रममा समृद्ध नेपाल, सुखी नेपाली संकल्पलाई अघि बढाएको बताउँदै उहाँले उक्त अभिभारा पुरा गर्न युवा वर्ग सचेत र जिम्मेवार भएर लाग्नु पर्नेमा जोड दिनुभयो । युवा वर्ग उद्यमशिल बन्नु पर्नेमा उहाँको जोड थियो ।

नेकपा एमाले स्थायी कमिटी सदस्य एवम् जन संगठन प्रमुख भानुभक्त ढकालले युवा शक्ति संगठित र संयमित भएर पार्टी निर्माणमा जुट्नु पर्नेमा जोड दिंदै कार्य मुल्याङ्कन र क्षमताका आधारमा पार्टीको जिम्मेवारी दिइने बताउनुभयो । जनवर्गीय संगठनलाई चुस्त र दुरुस्त बनाउँदै मिसन ८४ पार्टीलाई वहुत ल्याउने तयारीमा जुट्न आग्रहण गर्नुभयो ।

नेकपा एमाले केन्द्रिय सदस्य एवम् युवा संघ नेपालका इञ्चार्ज राजिव पहारीले पर्यटकीय राजधानी पोखरामा हुन गैरहेको दशौ राष्ट्रिय महाधिवेशन भव्य र सभ्यरुपमा सम्पन्न गर्न सवैको साथ र सहयोग रहने विश्वास व्यक्त गर्नुभयो ।

सुशासन, समृद्धि, राष्ट्रियता, नविनता, सिर्जनशिलता र गतिशिलता भन्ने नारा सहित आगामी जेठ महिनाको ९ देखि ११ गतेसम्म पोखरामा हुन गहिरेको दशौ राष्ट्रिय महाधिवेशनमा एक हजार ७९२ जना प्रतिनिधिको सहभागिता रहने युवा संघ नेपालका केन्द्रीय अध्यक्ष थितिज थेवेले जानकारी दिनुभयो ।

कार्यक्रममा संघ केन्द्रिय उपाध्यक्ष प्रकाश गौतम र महासचिव सुमन पुरीले विशेष गरि महाधविेशन संगठन सुदृढिकरण, जववायु परिवर्तन र उद्यमशीलता एवम् उत्पादनलाई जोड दिनमा केन्द्रित रहने बताउनुभयो । अधिवेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया