`

इजरायली सेनाको आक्रमणमा गाजामा कम्तीमा ७४ जनाको मृत्यु

Nepal One HD ४ जेठ २०८२ ९:०४
विश्व

काठमाडौं । इजरायली सेनाको आक्रमणबाट गाजामा कम्तीमा ७४ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आइतबार बिहानै गाजाको दक्षिणी क्षेत्र अल–मावासीमा इजरायी सेनाले गरेको आक्रमणमा कम्तीमा ७४ प्यालेस्टिनीको मृत्यु भएको अलजजिराले जनाएको छ ।

कतारमा हमाससँग युद्धविराम वार्ता पुनः सुरु गर्दै गर्दा इजरायलबाट तीव्र आक्रमणहरू भएका छन् । इजरायली सेनाले गाजाको उत्तरपूर्वी क्षेत्र जाबालिया अन–नाजलामा पनि आक्रमण गरेको छ । त्यहाँ आक्रमणमा कम्तीमा १० जना प्यालेस्टिनीको मृत्यु भएकोछ ।

युरो–मेड ह्युमन राइट्स मनिटरले गाजामा इजरायलको पछिल्लो आक्रमण युद्धको सुरुवातदेखि नै ‘सबैभन्दा व्यापक र घातक आक्रमण’ मध्ये एक भएको बताएको छ ।

यसले इजरायली सेनालाई नयाँ नरसंहार गरेको र ‘बाँकी छिमेकी र पूर्वाधारको पूर्ण विनाश समावेश गर्ने जलेको माटो नीति अपनाएको’ आरोप लगाएको छ ।

समूहले शुक्रबार बिहानदेखि १२ घण्टाभन्दा कम समयमा उत्तरी गाजामा मात्र ११५ भन्दा बढी प्यालेस्टिनीहरूको हत्या भएको जनाएको छ । इजरायली सेनाले जबलियाको ताल अज–जातार र बेइत लाहियाको अल–सलाटिनमा कम्तिमा १० आवासीय घरहरूमा आक्रमण गरेपछि यो हताहत भएको हो ।


प्रतिक्रिया