राष्ट्रिय सहमतिको सरकार गठनका लागि कांग्रेस सांसद गौतमको माग


काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकार सरकार जसरी नचलेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा सांसद गौतमले सरकार सरकारजसरी चलेको अनुभूति गर्न नसकेको बताएका हुन् ।
उनले भने, ‘अहिले जुन सरकारमा छौँ । कांग्रेस र एमाले मिलेर सरकार बनाइएको छ । सरकार सरकारजसरी चलेको अनुभूति गर्न सकेको छैन । संसद जसरी चल्नुपर्ने हो, जसरी जनताका समस्या रिफ्लेक्ट भएर भाइब्रेसन हुनुपर्ने हो, त्यो हुन सकेको छैन ।’
गौतमले जनतालाई आशावादी बनाउन राष्ट्रिय सहमतिको सरकार आवश्यक रहेको बताए ।उनले निश्चित दूरीसम्म राष्ट्रिय सहमतिको सरकार बनाएर अघि बढ्न सकेमात्रै अहिले देखिएका यावत समस्या समाधान गर्न सकिने बताए ।
संघ र प्रदेशमा गरेर ८ सरकार र ८ संसद भएपनि ती सँग जनता आशावादी नभएकाले उनीहरूलाई आशावादी बनाउने कार्यक्रम ल्याउने सहमतिको आवश्यकता रहेको गौतमले बताए ।