`

बाइडेनलाई प्रोष्टेट क्यान्सर

Nepal One HD ५ जेठ २०८२ ८:४४
विश्व

बीबीसी । अमेरिकी पूर्वराष्ट्रपति जो बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको पत्ता लागेको छ । गतसाता गरिएको परीक्षणमा उनलाई क्यान्सर भएको पुष्टि भएको बीबीसीले उल्लेख गरेको छ । पूर्वराष्ट्रपतिको कार्यालयले यो क्यान्सर हर्मोन–सेन्सिटिभ भएको बताएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक संजालमा पोष्ट गर्दै बाइडेनलाई प्रोष्टेट क्यान्सर भएको खबरले आफू दुःखी भएको बताएका छन् । उनले भनेका छन्, ‘हामी उनको परिवारप्रति आफ्नो न्यानो माया र शुभकामना पठाउँछौँ । हामी बाइडेनको छिटो र सफल स्वास्थ्य लाभको कामना गर्छौं ।’

त्यस्तै पूर्वउपराष्ट्रपति कमला ह्यारिसले सामाजिक संजाल एक्समा पोष्ट गर्दै उनी र उनका पति डग एमहफ बाइडेन परिवारको साथ रहेको बताएकी छिन् ।

बाइडेनलाई क्यान्सर भएको खबर पूर्वराष्ट्रपतिले आफ्नो स्वास्थ्य र उमेरको चिन्ताका कारण सन् २०२४ को अमेरिकी राष्ट्रपति निर्वाचनबाट आफ्नो उम्मेदवारी फिर्ता लिन बाध्य भएको लगभग एकवर्ष पछि आएको हो ।


प्रतिक्रिया