न्यूजिल्याण्डका उपप्रधानमन्त्री पिटर्स नेपालको दुई दिने औपचारिक भ्रमणमा आउँदै

राजनीति

काठमाडौँ-न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री विन्स्टन पिटर्स नेपालको औपचारिक भ्रमणमा आउँदै हुनुहुन्छ । उहाँले यही जेठ १४ र १५ गते नेपालको भ्रमण गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भ्रमणका क्रममा उपप्रधानमन्त्री पिटर्सले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । त्यसैगरी, उहाँले परराष्ट्रमन्त्री डा आरजु राणा देउवासँग द्विपक्षीय भेटवार्ता गर्नुहुने मन्त्रालयले जनाएको छ ।न्युजिल्यान्डका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री पिटर्सबाट हुन लागेको यो पहिलो नेपाल भ्रमण हो ।
प्रतिक्रिया
ताजा अपडेट