`

नेपाल खानेपानी संस्थानको अध्यक्षमा भट्टराई नियुक्त

Nepal One HD १२ जेठ २०८२ १६:११
समाज

काठमाडौं । नेपाल खानेपानी संस्थानको अध्यक्षमा डा. ढुण्डीराज भट्टराई नियुक्त भएका छन् । मन्त्रीस्तरीय निर्णयानुसार भट्टराई संस्थानको अध्यक्षमा नियुक्त भएका हुन् ।

खानेपानी संस्थान ऐन, २०४६ (संशोधन सहित) को दफा ८ को उपदफा ८.१.१ बमोजिम रहने नेपाल खानेपानी संस्थान संचालक समितिको अध्यक्ष पदमा सोही ऐनको दफा ११.१ बमोजिम तीन वर्षका भट्टराईलाई नियुक्त गरिएको खानेपानी मन्त्रालयका सचिव इन्जिनियर प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिइन् ।

भट्टराई अर्घाखाँची भूमिकास्थान नगरपालिका–९ का स्थायीवासी हुन् ।


प्रतिक्रिया