राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण जेठ १६ मा हुने


काठमाडौं । नेपाल कुराँस सङ्घको आयोजनामा राष्ट्रिय कुराँस प्रतियोगिताको चौथो संस्करण यसै साता हुने भएको छ ।
यही जेठ १६ गते हुने एकदिने प्रतियोगिताको खेल नयाँ बजारस्थित बहुउद्देश्यीय मार्सल आर्ट केन्द्रमा आयोजना हुने आज आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष जीवन राईले जानकारी दिए ।
प्रतियोगितामा सिनियर र जुनियर गरी विभिन्न २२ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । जुनियर महिला/पुरुषमा २५ केजी, ३० केजी, ३५ केजी, ४० केजी र ४५ केजी माथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
यसैगरी सिनियर महिलातर्फ ४८ केजी, ५२ केजी, ६३ केजी र ६३ केजी माथि तौल समूहमा भिडन्त हुनेछ भने सिनियर पुरुषतर्फ ६० केजी, ६६ केजी ७३ केजी, ८१ केजी तथा ८१ केजीमाथि तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
करिब २२० जना खेलाडीले भाग लिने उक्त प्रतियोगितामा विभिन्न सात प्रदेश र त्रिभुवन आर्मी क्लब, ससस्त्र प्रहरी बल (एपिएफ) र नेपाल पुलिस क्लब गरी तीन विभागीय टोलीका खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।