अदालतले लगायो ट्रम्पले लगाएका ट्यारिफमा रोक


बीबीसी । अमेरिकी अन्तर्राष्ट्रिय व्यापार अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका व्यापक शुल्कहरूलाई रोक लगाएको छ । अदालतले आपतकालीन कानुनले राष्ट्रपतिलाई सबै देशहरूमा शुल्क लगाउने अधिकार नदिने बताएको छ ।
अदालतले अमेरिकी संविधानले व्यापार व्यवस्थापन गर्ने अधिकार कांग्रेसलाई मात्र दिएको भन्दै राष्ट्रपतिले एकपक्षीय रूपमा शुल्क लगाउन नसक्ने निर्णय सुनाएको हो ।
फैसला आए लगत्तै ट्रम्प प्रशासनले अदालतको निर्णयविरुद्ध अपील दर्ता गरेको छ । यसैगरी, अदालतले चीन, मेक्सिको र क्यानडामा ट्रम्प प्रशासनले लगाएका अतिरिक्त शुल्कहरू पनि रोक लगाएको छ।
प्रशासनले यी शुल्कहरू अमेरिकी भित्र लागूपदार्थ र अवैध आप्रवासीको अवैध प्रवाह रोक्न लगाएको थियो । यो मुद्दा गैर–पक्षीय लिबर्टी जस्टिस सेन्टरले पाँच साना व्यवसायको तर्फबाट दायर गरेको थियो, जसले शुल्क लगाइएको देशहरूबाट सामान आयात गर्छन् ।