`

कम्पनीको दर्तादेखि बहिर्गमन प्रक्रिया एकलविन्दुबाट, नयाँ उद्योगलाई तीन वर्षसम्म भाडा छुट

Nepal One HD १५ जेठ २०८२ १६:२५
अर्थ समाचार

काठमाडौं । सरकारले उद्योग दर्तादेखि बन्दको प्रक्रियाएउटै स्थानबाट सहज रूपमा हुने व्यवस्था मिलाउने घोषणा गरेको छ । बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले अबदेखि कम्पनीको दर्तादेखि बहिर्गमनसम्मका सम्पूर्ण प्रक्रिया एकलविन्दु प्रणालीबाट सम्पादन हुने बताए ।

त्यस्तै, विशेष आर्थिक क्षेत्र र औद्योगिक क्षेत्रमा नयाँ उद्योग स्थापना गर्न अनुमति पाएका उद्योगहरूलाई सुरुका तीन वर्षसम्म भाडामा छुट दिने व्यवस्था गरिने उनले बताए । सरकारले उद्योगमैत्री वातावरण बनाउँदै लगानी प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।


प्रतिक्रिया