रोयल ग्लोबल क्विन र किड्स रनवे सिजन फोरको आज ग्राण्ड फिनाले


काठमाडौँ। मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपाल र किड्स रनवे सिजन फोरको आज ग्राण्ड फिनाले हुँदैछ । अपराह्न्न ३ बजेपछि काठमाडौँको नाचघरमा हुने शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाहले जानकारी दिए।
मिस एण्ड मिसेस रोयल ग्लोबल क्विन नेपालमा एलिना चौधरी, देविका घतानी, दीपा क्षेत्री, दुर्गा चन्द, जिविका दाहाल, मनिषा श्रेष्ठ, मेरिता पोखरेल, नोमी राई, प्राप्ती खड्का, रमा थापा, , रारिका बुढा, सृष्टि मानन्धर, सृजना राई, श्वेता बज्राचार्य र यना राईले सहभागीताता जनाउने आयोजकले जनाएको छ ।
त्यस्तै किड्स रनवे सिजन फोरमा मोनालिजा सुनुवार, शिवानीका यादव, श्रीयन्सी थपलिया, रिसब जंग कार्की, अंशु तिमल्सिना, नियाल्सा पाख्रिन, आरध्या खत्री, प्रस्मिता अर्याल, यूनिका श्रेष्ठ, शान्भी श्रेष्ठ, प्रशन्न अर्याल, रियान भण्डारी, गृष्मा पोखरेल, भाव्या चौहान र यासुमी तिमल्सिनाले सहभागिता जनाउने छन् । स्वतन्त्र हिसाबले प्रतिस्पर्धीले आफ्नो रुची अनुसारको कला देखाउन पाइने यो ब्युटी पेजेट र फेसन शाको सबैभन्दा आकर्षक पक्ष रहेको आयोजक शाह स्टुडियो एण्ड कम्पनीका प्रबन्ध निर्देशक मनु शाह बताउँछन् ।