विनयी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध

प्रमुख खबर

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत दुम्कीवासको विनयी खोलामा गएरातिदेखि परेको पानीले खोलामा बाढी आएपछि निर्माण गरेको अस्थायी डाइभर्सन पुनः बगाएको छ । डाइभर्सन बगाएपछि सवारी आवागमन दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोली खटिई एक्साभेटर र टिपर परिचालन गरि छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास भैरहेको छ । पानीको वहाव कम हुँदै गए अबको ४–५ घण्टाभित्र सवारी आवागमन सुचारू हुने कार्यालयले जनाएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट