`

उद्धारका लागि इजरायल र इरानमा रहेका नेपालीको विवरण संकलन सुरू

Nepal One HD ४ असार २०८२ ११:५४
प्रमुख खबर

काठमाडौं । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानमा रहेका नेपालीको उद्धार प्रयोजनका लागि विवरण संकलन थालेको छ ।

इजरायलको तेल अविवस्थित दूतावासले सूचना जारी गरी नेपालीको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन दर्ताको व्यवस्था गरेको हो । सूचनामा सहभागी हुन इच्छुकले अनलाइन रजिष्ट्रेसन गर्न सकिने उल्लेख गरिएको छ ।

सूचनामा भनिएको छ, ‘इजरायलमा विकसित पछिल्लो परिस्थितिका बीच समस्यामा÷त्रासमा रहेका नेपाली नागरिकको आवश्यकतानुसार उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार प्राप्त होस् भन्ने हेतुले दूतावासले सूचना संकलनको काम सुरु गरेको छ ।’

इजरायलमा साढे पाँच हजार नेपाली रहेको अनुमान छ । इजरायल र इरानबीचको युद्ध बढ्दै गएपछि विभिन्न देशले आफ्नो नागरिकको उद्धार कार्य थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *