`

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

Nepal One HD २० असार २०८२ १०:१९
प्रमुख खबर

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आफूहरुसँगको सल्लाह विना सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरीलाई बर्खास्त गरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको जानकारी दिएकी हुन् ।

उनले पार्टी संरक्षक रेशम चौधरीको दृढ मार्गदर्शन अनुसार, नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको बताइन् ।

उनले यो निर्णय जनताको म्यान्डेट, पार्टीको सम्मान, र जननिर्वाचित प्रतिनिधिहरूमाथिको गरिमाको संरक्षणका लागि गरिएको सैद्धान्तिक र दूरदर्शी कदम भएको उल्लेख गरेकी छन् । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री चौधरीलाई बिहीबार बर्खास्त गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *