खेरसोनमा युक्रेनी हवाई आक्रमणपछि आवासीय भवन भत्किँदा दर्जनौं व्यक्ति भग्नावशेषमा फसेको आशंका

विश्व

मस्को । युक्रेनी सेनाद्वारा खेरसोन क्षेत्रको आलेश्की शहरमा गरिएको हवाई आक्रमणका कारण एक आवासीय भवन पूर्ण रूपमा भत्किएको छ । जसमा दर्जनौं मानिस भग्नावशेषमा फसेका छन् । उक्त जानकारी खेरसोनका गभर्नर भ्लादिमिर साल्दोले टेलिग्राममार्फत दिएका हुन् ।
उनका अनुसार, मस्को समयअनुसार शुक्रबार अपरान्ह ४ बजे तिर भवनमा दुई वटा हवाई बम प्रहार गरिएको थियो, जसका कारण भवन भत्किँदै ठूलो जनधनको क्षति भएको अनुमान गरिएको छ। यद्यपि, हालसम्म हताहतहरूको यकिन सङ्ख्या खुल्न बाँकी छ ।
घटनास्थलमाथि युक्रेनी ड्रोन निरन्तर गस्ती गरिरहेकाले उद्धारकर्मी तथा स्थानीय निकायका कर्मचारीहरूले सुरक्षित रूपमा भग्नावशेष हटाउने काम सुरु गर्न नसकेको साल्दोले जानकारी दिए । उक्त क्षेत्रको सुरक्षास्थितिका कारण उद्धार कार्यमा गम्भीर चुनौती आएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट