`

नेपालमा बन्द भयो टेलिग्राम

Nepal One HD २ साउन २०८२ १८:२१
समाजिक सञ्जाल

काठमाडौं ।  नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ । प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

टेलिग्रामार्फत अनलाइन ठगी भएको भन्दै नेपाल दुरसञ्चार प्राधिकरणले नेपालमा टेलिग्राम बन्द गराएको हो ।

प्राधिकरणले शुक्रबार विज्ञप्ति जारी गर्दै भनेको छ, “नेपालमा सञ्चालनमा रहेको टेलिग्राममार्फत अनलाइन फ्रडको संख्या निरन्तर बढिरहेको र मनी लाउन्डरिङजस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकोले उक्त टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने/बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई यसै सूचनामार्फत निर्देशन गरिएको छ ।”

योसँगै अब सेवा प्रदायकहरूले आफ्नो नेटवर्कबाट टेलिग्राममा पहुँच बन्द गर्नुपर्ने भएको छ । जसका कारण नेपालमा रहेका लाखौं प्रयोगकर्ता प्रभावित हुनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *