परराष्ट्रले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

राजनीति

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा जाने तय भएपछि परराष्ट्र मन्त्रालय त्यसको तयारीमा जुटेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट समकक्षी ओलीलाई दुई दिने भ्रमणका लागि निमन्त्रणा आएलग्त्तै परराष्ट्र मन्त्रालय तयारीमा जुटेको हो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीका अनुसार प्रधानमन्त्री ओली भारत भ्रमणमा जाने निश्चित भएपछि त्यसको तयारीमा मन्त्रालय जुटेको बताए ।
प्रधानमन्त्रीको दुई दिने भारत भ्रमणमा के के विषयमा छलफल हुने भन्नेबारे प्रधानमन्त्री कार्यालयसँग समन्वय भइरहेको उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट