`

चाहाना मिस ग्राण्ड नेपाल २०२५ बन्दा गरिमा , स्नेहा र सञ्जनाले कुन कुन उपाधि जिते ?

Nepal One HD ४ साउन २०८२ १८:०२
समाचार

काठमाडौँ । मिस ग्राण्ड नेपाल २०२५ को उपाधि रामेछापकी चाहाना प्रधानले जितेकी छिन् । देशभरबाट प्रतिस्पर्धामा उत्रिएका दुई दर्जन बढी प्रतिस्पर्धीलाई उछिन्दै चाहानाले उपाधिसहित इभी स्कुटर हात पार्न सफल भएकी छिन् । त्यस्तै गरिमा गुरुङले मिस टुरिजम वर्ल्ड नेपाल २०२५, स्नेहा केसीले मिस सुपर ग्लोबल नेपाल २०२५ तथा सञ्जना गुरुङले मिस ग्राण्ड युनिभर्स नेपाल २०२५ को उपाधि हात पार्न सफल भएका छन् ।

सो अवसरमा चाहनासहित चारै विजेताहरूलाई नगद पुरस्कार, आकर्षक गिफ्ट ह्याम्पर, उपलब्ध गराइएको थियो । फरक फरक विधामा छानिएका चार विजेताहरूले नेपालको झण्डा अन्तर्राष्ट्रिय मञ्चमा फहराउने अवसर प्राप्त गर्ने आर के इन्टरटेन्मेन्ट ग्रुपका निर्देशक राम केसीले जानकारी दिए ।

कार्यक्रममा देशभरका युवा प्रतिभाहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपालको प्रथम उपराष्ट्रपति सम्माननीय परमानन्द झा, सभापति राजु रहँदा निर्णायकका रुपमा गीता गुरुङ, मिस पबी, सुस्मी कडेल, प्रमिला सिलवाल, आस्था शाखा, नवराज कोइराला तथा ग्रान्ड जजको रूपमा राम हरि सिलवाल रहेका थिए। उनीहरूले सौन्दर्य मात्र होइन, व्यक्तित्व, आत्मविश्वास, सामाजिक सोच, र सांस्कृतिक ज्ञान र जनताले दिएको भोटको आधारमा प्रतिस्पर्धीहरूको मूल्याङ्कन गरेका थिए । कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, सञ्चारकर्मी, फेसन डिजाइनर, कलाकार तथा सौन्दर्य र सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *