`

गायक श्रीकृष्ण आलेको नखरामा रबिन, जुना र सरिताको धमाकेदार नृत्य

Nepal One HD १६ साउन २०८२ १९:४१
मनोरञ्जन

काठमाडौँ । गायक श्रीकृष्ण आले र गायिका शान्तारानी परियारको स्वर रहेको नखरा बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ ।

ढले ढले बोलको गीतबाट चर्चामा आएकी गायिका शान्तारानी र निकै राम्रो संभावना बोकेका गायकका रुपमा रहेका श्रीकृष्ण आलेको दमदार स्वरमा तयार गीतको भिडियो रिलिज गरिएको छोटो समयमा नै दर्शकको रोजाईमा पर्न सफल भएको छ । जसमा रबिन सिंहको शब्द संगीत, बिमल छिनालको एरेन्ज, मिक्सिगं तथा मास्टरिगं रहेको छ ।

पछिल्लो पुस्ताकी लोकप्रिय मोडल जुना कार्की, रविन शाह र सरिताको बेजोड अभिनय रहेको छमछम नचाउने शैलीको गीतको रिलिजसँगै चर्चा चुलीएको छ । जसको कोरियोग्राफी र निर्देशन रविन शाहले गरेका छन् । रबिनले तीजमा नखरा देखाउनेहरुको कुरा यो गीतको भिडियोबाट देखाउन खोजेका छन् ।

निर्देशक शाहले नखरामा सुन्दरी मोडलद्धय जुना र सरितालाई बोल्ड लुक्समा देखाएका छन् । हट अवतारमा उनीहरुको ड्रेसअप पनि निकै सुहाउँदो छ । जुन ययो भिडियो निर्देशक शाहको केही समयपछिको शानदार इन्ट्रीसहितको कमब्याकका रुपमा रहेका कारण पनि केही खास छ । जसको चर्चा सांगीतिक बजारमा भइरहेको छ । राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन तथा कलर दीपक विष्टले गरेका हुन् । भिडियो गायक श्रीकृष्ण आले स्वयमको अफिसियल च्यानलबाट बजारमा आएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *