माओवादीले विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने

माओवादी केन्द्र

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग पार्टी एकता गर्ने भएको छ।
सोमबार बसेको स्थायी कमिटी बैठकले चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले नेकपासँग एकताका लागि मिति बनाएर वार्ता गर्ने निर्णय भएको बताए।
बैठकमा आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको बताए।
उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग पार्टी एकता गर्ने निर्णय भएको छ। छिट्टै वार्ता सम्पन्न गर्ने समिति बनाएर भन्ने निर्णय भएको छ। आन्तरिक पार्टी संगठनात्मक विषयहरुमा पनि स्तरीय छलफल भएको छ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट