पाँच वर्षको कार्यकाल पूरा हुने गरी निर्वाचन गर्नुपर्छ – प्रचण्ड
बिशेष
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह र प्रदेश सरकारको निर्वाचन संविधानअनुसार पाँच वर्षको पूर्ण कार्यकाल पूरा हुने गरी गर्नुपर्ने बताएका छन् ।
शुक्रबार निर्वाचन आयोगसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले स्थानीय तह र प्रदेशको निर्वाचन एकैपटक गर्ने वा छुट्टाछुट्टै गर्ने विषयमा दलहरूबीच थप छलफल आवश्यक रहेको बताए ।
उनले निर्वाचन लोकतन्त्र र संविधानको सुदृढीकरणका लागि अनिवार्य रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक प्राविधिक तयारी गर्नुपर्ने बताए ।
आयोगसँगको छलफलमा केही विषयमा सहमति भएको र बाँकी विषयमा राजनीतिक दलहरूबीच थप छलफल गरेर टुङ्गो लगाइने उनले जानकारी दिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
