`

बालेन सरकारविरुद्ध आन्दोलनको तयारीमा एमाले, युवा पङ्क्ति परिचालन गर्ने बस्नेतको घोषणा

Nepal One HD ६ मंसिर २०८३ १७:५४
नेकपा एमाले

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले वर्तमान सरकारविरुद्ध आन्दोलन घोषणा गरे एमालेका युवा सङ्गठन अग्रपङ्क्तिमा उत्रिने बताएका छन्।

नेशनल भोलिन्टियर फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले सरकारलाई अधिनायकवादी र प्रतिशोधपूर्ण भएको आरोप लगाए।

बस्नेतले आन्दोलन घोषणा भएको दिन युवाहरूले प्रधानमन्त्री बालेन शाहलाई सिंहदरबारबाट घिसारेर माइतीघर मण्डलासम्म ल्याउने अभिव्यक्तिसमेत दिएका छन्।

उनले भदौ २३ र २४ गतेका घटनामा विदेशी शक्तिको षड्यन्त्र रहेको आरोप लगाउँदै त्यसमा बालेनसहित विभिन्न व्यक्तिको भूमिका रहेको दाबी गरे।

साथै, उनले सरकार सुकुम्बासी, बाढीपीडित र वैदेशिक रोजगारीमा जाने युवाका समस्या समाधान गर्न असफल भएको आरोप लगाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व र राजनीतिक भूमिकाको बचाउ गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *