`

नेशनल भोलिन्टियर फोर्स विस्तार गर्न ओलीको निर्देशन

Nepal One HD ६ मंसिर २०८३ १७:३८
नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल भोलिन्टियर फोर्सलाई देशव्यापी रूपमा विस्तार र सुदृढ बनाउन निर्देशन दिएका छन्।

फोर्सको प्रथम स्थापना दिवस तथा राजधानी प्रदेशस्तरीय कमिटी घोषणा कार्यक्रममा बोल्दै उनले संगठनलाई सक्रिय, कामकाजी र परिणाममुखी बनाउनुपर्ने बताए।

ओलीले फोर्सलाई राष्ट्रियता, लोकतन्त्र, संविधान, सीमा सुरक्षा र राष्ट्रिय स्वाभिमानको रक्षामा सक्रिय हुन आग्रह गरे। उनले संगठन शान्तिपूर्ण रहेको उल्लेख गर्दै भिडन्त खोज्ने नभई समाजका बेथिति र गलत कामविरुद्ध आवाज उठाउनुपर्ने बताए।

साथै, युवाहरूलाई देश निर्माण, विकास, उद्यमशीलता र सामाजिक सेवामा परिचालन गर्नुपर्नेमा उनले जोड दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *