`

उग्र व्यवहार देखाउने माधव खनाल प्रधानमन्त्रीको कारबाहीमा !

Nepal One HD १ मंसिर २०८३ १३:००
प्रमुख खबर

निकै उग्र व्यवहार देखाउने माधव खनाललाई प्रधानमन्त्री बालेनले सचिवालयबाट हटाइदिएको पुष्टि भएको छ। बालेनले सचिवालयमा रहेका सदस्यमाथि चालेको यो पहिलो कडा एक्सन हो।

उनले राहदानी प्रकरणमा अनावश्यक रूपमा सरकारी कर्मचारीलाई बेस्सरी झपारेको विवरण आएको थियो। उनको यस्तो व्यवहारले प्रधानमन्त्री बालेन पनि विवादमा आएका थिए।

खनाल बालेनको सचिवालयमा सहसचिवसरहको सूचना प्रविधि विज्ञ पदमा थिए। भनिन्छ, उनको उग्र व्यवहार प्रधानमन्त्री बालेनलाई पनि पटक्कै मन परेको थिएन। यस्तोमा बालेनले उनलाई हटाएको विवरण यसअघि सार्वजनिक भएको थियो।

तर, प्रधानमन्त्रीको सचिवालयले यसलाई अस्वीकार गरेको थियो। आइतबार सचिवालय सदस्यहरूको जिम्मेवारी हेरफेरको सूचीमा खनालको नाम कतै पनि नदेखिएपछि उनलाई प्रधानमन्त्री बालेनले सचिवालयबाट हटाएको पुष्टि भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *