`

निर्वाचनबारे छलफल गर्न दलहरूलाई मङ्सिर ४ गते बोलायो आयोगले

Nepal One HD १ मंसिर २०८३ १६:४२
प्रमुख खबर

काठमाडौं । निर्वाचन आयोगले आसन्न निर्वाचनबारे छलफल गर्न विभिन्न राजनीतिक दललाई मङ्सिर ४ गते बोलाएको छ। आयोगले पठाएको पत्रमा कुन तहको निर्वाचनबारे छलफल गर्न लागिएको हो भन्ने स्पष्ट खुलाइएको छैन।

नेकपासहित विभिन्न राजनीतिक दललाई पठाइएको पत्रअनुसार मङ्सिर ४ गते बिहान ११ः३० बजे आयोगको कार्यालयमा उपस्थित हुन भनिएको छ। पत्रमा आसन्न निर्वाचनबारे छलफल गर्ने उल्लेख भए पनि स्थानीय तह वा प्रदेशसभा निर्वाचनमध्ये कुन विषयलाई प्राथमिकता दिइएको हो भन्ने खुलाइएको छैन।

२०७९ वैशाख ३० गते स्थानीय तहको निर्वाचन भएको थियो भने सोही वर्ष मङ्सिर ४ गते प्रदेशसभा निर्वाचन सम्पन्न भएको थियो। स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल पूरा हुन अब करिब छ महिना बाँकी छ।

संविधानको धारा २२५ अनुसार गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्षको हुन्छ। कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

आयोगले निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाएपछि स्थानीय तह निर्वाचनको तयारीबारे चासो बढेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *