`

प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

Nepal One HD ७ मंसिर २०८३ १८:५५
बिशेष

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबीच नयाँ दिल्लीमा भेटवार्ता भएको छ।

नयाँ दिल्लीस्थित होटल ताज महलमा जारी भेटवार्तामा दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ। भेटपछि साँझ नेपाल–भारत बिजनेस फोरमको डिनर कार्यक्रममा प्रधानमन्त्री सहभागी हुनेछन्।

भ्रमणको दोस्रो दिन प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम छ। वार्तामा व्यापार, पारवहन, ऊर्जा, लगानी, पूर्वाधार तथा दुई देशबीचको आर्थिक सहकार्यका विषयमा छलफल हुनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *