`

विराजभक्त श्रेष्ठ बने कार्यवाहक प्रधानमन्त्री

Nepal One HD ७ मंसिर २०८३ १३:२६
बिशेष

काठमाडाैं । ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री भएका छन् । प्रधानमन्त्री बालेन्द्र शाह भारत भ्रमणमा जाने भएपछि श्रेष्ठ कार्यवाहक प्रधानमन्त्री भएका हुन् ।

उनी बालेन मन्त्रिपरिषद्‍मा चाैथाे वरियताका मन्त्री छन् । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएपछि वरियताक्रम अनुसार कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाएका हुन् ।

प्रधानमन्त्री बालेन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसाे  औपचारिक भारत भ्रमणमा जाँदैछन् । भारतका राष्ट्रपति द्राेपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र माेदीलगायतसँग भेटवार्ता गरेर उनी भोलि साँझ स्वदेश फर्किनेछन् ।

प्रधानमन्त्री शाहले आफ्नो अनुपस्थितिमा कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिन राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको स्रोतले बतायो ।

सो सिफारिसको आधारमा राष्ट्रपति पौडेलले दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी श्रेष्ठलाई तोक्ने छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *