चुनौतीबाट विचलित नहुन कांग्रेसलाई शशांक कोइरालाको आग्रह
प्रमुख खबर
पोखरा । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेभन्दा कठिन राजनीतिक परिस्थिति सामना गरेको भन्दै वर्तमान चुनौतीबाट विचलित हुन नहुने बताएका छन् ।
शनिबार पोखरामा कांग्रेसको गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन गर्दै उनले पार्टी कठिन मोडमा रहे पनि विगतका संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने बताए ।
पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयमा विवाद चर्किरहेका बेला उनले कांग्रेसको गौरवशाली इतिहास स्मरण गर्दै चुनौती सामना गरेर अघि बढ्नुपर्नेमा जोड दिएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
