`

कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, हिमाली क्षेत्रमा हिमपात हुन सक्ने

Nepal One HD ७ मंसिर २०८३ ६:२१
प्रमुख खबर

काठमाडौं । हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमानअनुसार हाल कोशी प्रदेशलगायत देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

दिउँसो मधेश र कोशी प्रदेशसहित गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ। देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ।

कोशी प्रदेशको तराई भूभागका साथै मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ।

राति देशका हिमाली भूभाग, कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ। अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा र हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *